सर्वोच्च अदालतप्रति प्रधानमन्त्रीको कडा टिप्पणी,तीनजनाको मनोनयन कसैले रोक्न सक्दैन


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतप्रति कडा टिप्पणी गरेका छन् ।

उनले राष्ट्रिय सभामा सिफारिस गरिएका तीनजनाको नाम अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति आक्रोश पोखेका हुन् ।

संसद सचिवलयमा एमाले र माओवादी केन्द्रका सासंदहरुलाई शनिबार संयुक्त निर्देशन दिँदै उनले राष्ट्रिय सभामा तीनजनाको मनोनयन कसैले राक्ने नसक्ने बताए ।

उनले आइतबारसम्म तीनजना मनोनयनको विषय किनारा लागिसक्ने पनि जिकिर गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीले सिफारिस गरेर राष्ट्रपतिले मनोनयनको विषयमा प्रश्न उठाउनु पर्ने नै थिएन’, उनले भने, ‘राष्ट्रपतिबाट जे निर्णय गर्नु भएको छ त्यही अन्तिम हुन्छ ।’

उनले पाँच वर्षको अवधिलाई ‘विकास वर्ष’ बनाउने घोषणा गरे । प्रधानमन्त्री ओलीले पाँच वर्षमा देशले विकास र समृद्धिले फड्को मार्ने बताए ।

प्रतिपक्षसँग सुमधुर सम्बन्ध राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

आफुले प्रतिपक्षलाई उदार, फराकिलो र जिम्मेवारीपूर्वक सम्मान गर्ने पनि ओलीले बताए । ‘हामी प्रतिपक्षसँगै मिलेर अगाडि बढ्न चाहन्छौ,’ ओलीले कांग्रेसतर्फ सं‌केत गर्दै भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com