सरकार अनावश्यक, झन्झटिलो ऐन–नियम खारेज गर्ने दृढ : अर्थमन्त्री खतिवडा


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

फागुन १९, काठमाडौं । नेपाल उद्योग परिसंघले तरलता, औद्योगिक अनुकूल वातावरण, आवश्यक ऐन, नियम र नियमनकारी निकायबीच समन्वय आवश्यक रहेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएकोे छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी आर्थिक, उद्योगसम्बन्धी कानुन र नीतिगत सुधार गरी लगानीयोग्य वातावरण प्रत्याभूत हुनेगरी कार्य गर्नुपर्नेमा जोड दिएको छ ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले निजी क्षेत्रको लगानी आकर्षित गर्न लगानीसँग सम्बन्धित ऐन–नियमहरुको पुनरावलोकन गर्न र अनावश्यक, झन्झटिलो ऐन–नियम खारेज गर्न सरकार दृढ रहेको बताए ।

लगानी बोर्ड ऐन समयसापेक्ष नभएको र अन्तर मन्त्रालय समन्वयको समस्यासमेतको कारण अपेक्षित परिणाम देखाउन नसकेको सन्दर्भमासमेत त्यस्ता ऐन पुनरावलोकन गरिने अर्थमन्त्री डा.खतिवडाले बताएको जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com