युएससीआईएसमा एसाइलम आवेदन दिएका नेपालीलाई टीपीएस घाँडो


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

युएससीआईएसमा सकारात्मक एसाइलम आवेदन दिएका कैयन नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टीपीएस सुविधा घाँडो सावित भएको छ । टीपीएस लिएका आवेदकको एसाइलम युएससीआईएसले स्वीकृत नगरेको खण्डमा उनीहरुले अदालतमा जाने अवशर गुमाएका छन् ।

युएससीआईएसको एसाइलम अफिसले टीपीएसमा रहेका नेपालीका अस्वीकृत केस अदालतमा रिफर नगरेका कारण त्यस्ता आवेदकले अदालतमा आफ्नो तर्क अध्यागमन न्यायाधिससमक्ष राख्ने अवशर गुमाएका हुन् । जसले गर्दा युएससीआईएसमा एसाइलम आवेदन अस्वीकृत हुनेहरुका लागि आफूले पाएको टीपीएस निल्नु न ओकेल्नु भएको छ ।

टीपीएसमा रहेकाहरुको एसाइलम युएससीआईएसबाट अस्वीकृत भएको खण्डमा अन्य वैध स्टेटसमा रहेकाहरु सरह अस्वीकृती गर्ने आशयको सुचना दिइने गरिएको छ । यस्तो सुचना दिइएको १६ दिनभित्र आवेदकले आफ्नो आवेदनमा सहयोग पुग्ने थप प्रमाणहरु पेश गर्न सक्छन् । तर प्रमाणहरु पेश नगरेमा वा प्रमाणबारे एसाइलम अधिकारीले चित्त नबुझाएमा भने त्यस्तो केस अदालतमा रिफर नगरी सिधै अस्वीकृत गरिन्छ ।

युएससीआईएसमा एसाइलमका आवेदन रहेका टीपीएस प्राप्त नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । जसमध्ये केहीले युएससीआईएसबाट एसाइलम अस्वीकृत हुँदा अध्यागमन अदालतमा जाने अवशर गुमाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीका एसाइलमका सन्दर्भमा युएससीआईएसको तुलनामा अध्यागमन अदालतबाट स्वीकृति दर उच्च रहेको छ । आर्थिक बर्ष २०१८ को पहिलो ३ महिनामा अध्यागमन अदालतमा १४३ जना नेपालीका एसाइलम स्वीकृत गरिएको थियो भने जम्मा ४५ जनाका अस्वीकृत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com