अध्यागमन जेलमा हुनेलाई अब ‘बण्ड हेयरिङ’ नदिइने, नेपाली प्रभावित


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

अमेरिकाको सर्बोच्च अदालतले सरकारको पक्राउ परेर देशनिकाला कुरेर बसेका आप्रवासीहरुलाई बण्ड हेयरिङको अधिकार नभएको स्पष्ट पारेको छ । सर्बोच्च अदालतका ५ जना न्यायाधिसको बहुमतले यस्तो फैसला गरेको हो ।

अब कुनै आप्रवासीलाई सरकारले पक्राउ गरेको छ र उसले देशनिकालाको मुद्दाको सामना गरिरहेको छ भने त्यस्तो व्यक्तिलाई बण्ड हेयरिङको अवशर नदिइने भएको छ । जसबाट मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने क्रममा समातिएर एसाइलम दावी गरेपछि क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण नगर्नेहरु समेत पर्नेछन् ।

यसअगाडि अध्यागमन जेलमा देशनिकाला कुरेर बसेकाहरुले बण्ड हेयरिङको अवशर पाउदै आएका थिए । जस अन्तरगत उनीहरु तोकिएको रकम धरौटी राखेर जेलबाहिर निस्कन पाउँथे र अदालती सुनुवाई कुर्न पाउँथे । यदि सुनुवाईको दिनमा उनीहरु अदालतमा उपस्थीत नभएमा उनीहरुले राखेको धरौटी रकम फिर्ता नहुने प्रावधान रहेको छ ।

मंगलबारको सर्बोच्च अदालतको फैसलापछि देशनिकाला कुरेर बसेका आप्रवासीहरु बिना बण्ड हेयरिङ अध्यागमन अदालतको सुनुवाईको मिति कुरेर अनिश्चितकालसम्मका लागि अध्यागमन जेलमा बस्नुपर्ने भएको छ । अब उनीहरुले सुनुवाई कुर्ने क्रममा बण्डका लागि आवेदन दिन नपाउने भएका छन् ।

डिपार्टमेन्ट अफ जस्टिसका प्रवक्ताले अब अनावश्यक बण्ड हेयरिङ कम हुने र अध्यागमन अदालती प्रणालीको भार कम हुने विश्वास व्यक्त गरेका छन् । सर्बोच्च अदालतलको फैसलाले नाइन्थ सर्किट कोटको पुरानो फैसलालाई समेत उल्टाएको छ । नाइन्थ सर्किट कोर्टको फैसला अनुशार अध्यागमन जेलमा रहेको व्यक्तिले हरेक ६ महिनामा बण्ड हेयरिङका लागि आग्रह गर्न पाउने अधिकार रहेको थियो ।

कुनै अपराधको अभियोग लागेर देशनिकालाको सामना गरिरहेका ग्रिनकार्ड प्राप्त व्यक्तिले समेत बण्ड हेयरिङ पाउनेछैनन् ।

अमेरिकाको अध्यागमन अदालतमा झण्डै ३६ हजार आप्रवासीहरु रहेका छन् । जसमध्ये कैयन मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने नेपालीहरु पनि रहेका छन् ।

यसअघि समाचारमा देशनिकाला कुरेर बसेकाहरु हुनुपर्नेमा एसाइलम कुरेर बसेकाहरु समेत हुन गएकोमा सच्याइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com