अदालती फैसलाले डाका अन्त्य गर्ने ट्रम्पको घोषणालाई असर नपार्ने


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

बाल्यकालमा अमेरिकाआएका कागजपत्रविहिनहरुका लागि अर्को जीत भएको छ । सरकारले डाकाप्राप्त व्यक्तिका वर्क परमिट र अन्य संरक्षणहरु उनीहरुलाई कुनै सुचना नदिईकनै वा आफ्नोबारेमा वचाउका लागि अवशर नदिइकनै खारेज गर्न नपाउने क्यालिफोर्नियाका संघीय न्यायाधिसले फैसला सुनाएका छन् ।

ओबामा युगमा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई संरक्षणका लागि डाका कार्यक्रम ल्याइएको थियो । तर ट्रम्प प्रशासनले यो कार्यक्रम असंवैधानिक रहेको भन्दै अन्त्यको घोषणा गरेको थियो ।

अदालतको नयाँ आदेशले डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्पको घोषणालाई भने खास फरक पार्दैन । बरु वचाउको मौका विना नै कैयन व्यक्तिका डाका संरक्षण खारेज गरिदै आएकोमा अब भने सरकारले त्यसो गर्न पाउँदैन ।

अमेरिकामा डाकाप्राप्त नेपालीहरु ६० जना रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com