बर्षको एकदिन खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको भींड (फोटो फिचर)


प्रकाशित मिति : आश्विन २४, २०७३ सोमबार

 

काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर महानवमीको दिन सर्वसाधारणका लागि खुला गरियो । प्रत्येक वर्ष दसैँको नवरथाको नवमीका दिन मात्र यो मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हुँदा भक्तजनको घुइँचो लागेको थियो ।

दर्शनार्थीको भीड बढेपछि हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा सुरक्षाकर्मीले भीड व्यवस्थापन गरेका थिए । विभिन्न सामाजिक सङ्घ संस्था तथा स्थानीय युवा क्लबले समेत स्वयम्सेवक खटाएका थिए । ती स्वयम्सेवकले त्यहाँ आउने दर्शनार्थीको भीड व्यवस्थापन तथा पथ प्रदर्शनमा सहयोग गरेका थिए ।

महानवमीको दिनमा झण्डै ८० हजारले मन्दिरमा दर्शन गरेको जनाइएको छ ।

तलेजु भवानी मन्दिर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ ।

कालरात्रिका अवसरमा हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको थियो । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

फोटो : किशोर पन्थी / खसोखास

img_8620 img_8621 img_8622 img_8624 img_8625 img_8627 img_8628 img_8631 img_8632 img_8633 img_8634 img_8636 img_8637 img_8638 img_8639 img_8640 img_8641 img_8618 img_8617 img_8616 img_8615 img_8614 img_8613 img_8612 img_8610 img_8609 img_8605 img_8604 img_8603 img_8602 img_8601

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com