अर्थमन्त्रीको पहिलो निर्णयः सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वैशाख १ गतेदेखि नेपाल सरकारका सम्पूर्ण कारबोर विद्युतीय प्रणालीमार्फत गर्ने निर्णय गरेका छन् ।

मन्त्री खतिवडाले पदवहालीका क्रममा सरकारले प्राप्त गर्ने राजस्व दाखिला र भुक्तान रकम दुवै विद्युतीय प्रणालीमार्फतमात्र गर्ने निर्णय गरेका हुन् ।

वामपन्थी गठवन्धनले तयार पारेको घोषणापत्र कार्यान्वय सरकारको पहिलो प्राथमिकता भएको बताउँदै २५ वर्षभित्र नेपाललाई सम्मुनत राष्ट्रस्तरमा नेपाललाई पुर्याउने बताएका छन् ।

विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यान्वयन गरेर अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएको छ । पदवहालीका क्रममा मन्त्री खतिवडाले ले निजीक्षेत्र आर्थिक क्षेत्रको इन्जिन भएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्थमन्त्री डा खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि सँगसँगै लैजाने बताए ।

संविधानले लोककल्याणकारी राज्य हुँदै समाजवादउन्मुख हुँदै गर्दा संविधानप्रदत्त लोककल्याणकारी राज्यको भूमिकालाई अग्रणी नेतृत्व दिने जिम्मेवारी लिने क्रममा निजी, सहकारी र सामुदायिक क्षेत्रसँग परिपूरकताका आधारमा सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।

अर्थमन्त्री डा खतिवडाले आर्थिक समृद्धि र गरिबी निवारणमा अवरोध गर्ने सरकारी वित्त व्यवस्थापनमा देखिने अनुशासनहीनताको अन्त्य गर्नुपर्ने जोड दिए । ‘सरकारी वित्त प्रणालीमा हामी अनुशासन कायम गराउँछौं र खर्चको प्रभावकारितामा अघि बढ्छौँ’, उनले भने ।

वित्तीय प्रणालीमा स्थायित्व ल्याउनुपर्ने उल्लेख गर्दै उनले साधन र स्रोतलाई उत्पादन क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । अर्थमन्त्री डा खतिवडाले देशमा देखिएको आर्थिक समस्या आन्तरिक कारणबाट भएको उल्लेख गर्दै वित्तीय प्रणालीका संरचनात्मक समस्यालाई सुधार गरेर वित्तीय स्थायित्व ल्याउने बताए ।

उच्च आर्थिक वृद्धिको इञ्जिन निजी क्षेत्र भएकाले आन्तरिक तथा बाह्य क्षेत्रलाई परिचालन गरेर परिकल्पना गरेका विकासका आयोजना र पूर्वाधारलाई अगाडि बढाउने बताउँदै उनले व्यापार लगानी र प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुने बताए ।

अर्थमन्त्री डा खतिवडाले वैदेशिक सहायतालाई राष्ट्रिय अनुकूल ठूलोरुपमा परिचालन गर्नुपर्ने बताउँदै मानिसको क्षमताको पहिचान संकटकै बेला हुने भएकाले आफूले क्षमता प्रदर्शन गरेर समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरको जिम्मेवारी सम्हालीसकेका डा खतिवडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित अर्थशास्त्री हुन् ।

समारोहमा अर्थमन्त्रीलाई स्वागत गर्दै अर्थ सचिव शंकरप्रसाद अधिकारीले अर्थमन्त्रीमा डा खतिवडाको नियुक्तले सरकारले अर्थतन्त्र अब कसरी अगाडि बढ्छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै आगामी दिनमा मुलुक समष्टिगत आर्थिक स्थायित्वतर्फ अगाडि बढ्ने बताए ।

‘अबको सरकारको लक्ष्य आर्थिक वृद्धिदर र सामाजिक न्याय नै हो, त्यसलाई अगाडि बढाउनुपर्छ’, उनले भने । अर्थ सचिव अधिकारीले संघ र प्रदेशबीचको साझा बुझाइमा संघीयतालाई अगाडि बढाउनुपर्ने चुनौती रहेको पनि बताए ।

त्यस अवसरमा राजश्व सचिव शिशिरकुमार ढुंगानाले अर्थमन्त्री डा खतिवडाको कार्यकालमा मन्त्रालय व्यावसायिकरुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै विद्यमान आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com