सभापति देउवालाई कालो चस्मा उपहार, कांग्रेस भातृ संगठनले घेराउ गरे पार्टी कार्यालय


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघले पार्टी भित्र गुटगत राजनितिको अन्त्य गर्नुपर्ने माग गर्दै सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय घेराउ गरेको छ ।

कांग्रेस केन्द्रिय समिति बैठकमा भाग लिन पुगेका नेताहरुलाई दबाब दिन नेविसंघले कार्यालय घेराउ गरेका हुन् । उनीहरुले ‘जिद्धीले होइन विधिले कांग्रे्स चलाउ’ लगाएतका पम्पप्लेट बोकी पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका थिए ।

बैठकमा भाग लिन आएका डा. शशांक कोइरालालाई गेटमै रोकेर ध्यानाकर्षण गराए । त्यस्तै बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन् । विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरुप चश्मा उपहार दिएको विद्यार्थीले बताएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com