संसदीय दलको नेता छान्न बसेको काँग्रेस बैठकमा देउवा र प्रकाशमान सिंहबीच चर्काचर्की


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा तथा पूर्व महामन्त्री तथा संसदीय दलको अध्यक्षका आकांक्षी प्रकाशमान सिंहबीच चर्काचर्की भएको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा संसदीय दलको नेताका अर्का आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह र देउवाबीच चर्काचर्की परेको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदको संयुक्त बैठकमा बोल्दै सिंहले पार्टी हारेको अवस्थामा त्यसको जिम्मेवारी लिँदै सभापति संसदीय दलको नेतामा नउठ्ने परम्परा गिरिजाप्रसाद कोइरालाले नै सुरु गरेको बताएका थिए ।

बैठकमा पौडेलले पार्टी पराजित भएका बेला सभापतिले नै दलको नेतामा दाबी गर्न परम्परागत अभ्यास र नैतिक रूपले समेत नमिल्ने भन्दै रामचन्द्र पौडेलल ेआपत्ति जनाए ।

२०५१ र ०६४ मा गिरिजाप्रसाद कोइरालाले पार्टी पराजित भएका बेला अघि नसरेको ‘नजिर’ प्रस्तुत गर्दै उनले देउवालाई प्रतिस्पर्धा नगर्न आग्रह गरे ।

सभापवति देउवाले भने नेपाली कांग्रेसको ५० हजार मतमात्र कम भएको र दलप्रति जनताको समर्थन कम नभएको हुनाले आफूले हारको जिम्मेवारी लिनु नपर्ने विचार प्रकट गरेका थिए ।

उनको विचारमा धेरै स्थानमा नेपाली कांग्रेस अन्तर्घातका कारण हारेको बताउँदै अन्तर्घातीलाई कारबाही गर्ने चेतावनी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com