अमेरिकामा दशैंको टिकाको साइत ९:५१ मा


प्रकाशित मिति : आश्विन २३, २०७३ आईतबार

 

यसपटक अमेरिकामा दशैंको टिकाको उत्तम साइत न्युयोर्क समय अनुशार अक्टोबर ११ तारिख मंगलबार विहान ९ बजेर ५१ मिनेट र विहान ११ बजेर १६ मिनेट जाँदा रहेको छ ।

न्युयोर्क निवासी पण्डित उद्धव शास्त्रीले उत्तम साइत विहान ९ बजेर ५१ मिनेट र ११ बजेर १६ मिनेट जाँदा रहेपनि दिउसो काममा जानेहरुका लागि विहान ६ बजेर ५५ मिनेट जाँदाको साइतपनि उपयुक्त भएको जानकारी दिनुभएको छ ।

अमेरिकाका अन्य शहरहरुमा बस्ने नेपालीहरुले पूर्वीय समय हिसाब गरेर टिका लगाउन सक्ने शास्त्रीले बताउनुभएको छ । उहाँले भन्नुभयो -‘अमेरिकाका अन्य राज्यमा बस्नेहरुले न्युयोर्कको समय अनुशार हिसाब गरेर उपयुक्त साइतमा दशैंको टिका लगाउन सक्नेछन् ।’

dashain-1  yam-baral-reveiving-tika-from-tulsi-ghimire

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com