अमेरिकाको सरकारी परिभाषाबाट हटाइयो ‘आप्रवासीको देश’ शब्द


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

आप्रवासीहरुबाट बनेको देशका रुपमा परिचित अमेरिकाको सरकारी मिसन वक्तब्यबाट ‘आप्रवासीको देश’ भन्ने शब्द नै हटाइएको छ । अमेरिकी नागरिकता र ग्रिनकार्डका लागि काम गर्ने एजेन्सी युएससीआईएसको मिसन वक्तब्यबाट ‘आप्रवासीको देश’ शब्द हटाइएको हो ।

आधिकारिक मिसन स्टेटमेन्टबाट ‘आप्रवासीको देश’ भन्ने शब्द हटाएपछि अब अमेरिकाले औपचारिक रुपमा आप्रवासीको देशका रुपमा रहेको परिचय बदलेको छ । युएससीआईएसले किन ‘आप्रवासीको देश’ शब्द हटाएको हो भन्नेबारेमा कुनै स्पष्ट पारेको छैन ।

युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिसेनाले कर्मचारीहरुलाई पत्र लेख्दै नयाँ मिसन स्टेटमेन्टले अमेरिकाको अध्यागमन प्रणालीमा युएससीआईएसको भूमिका स्पष्टरुपमा परिभाषित गरेको बताएका छन् । सिसेना गतबर्ष ट्रम्प निर्वाचित भएलगत्तै युएससीआईएसको निर्देशक भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ मिसन स्टेटमेन्टबाट भिसा वा अध्यागमन सुविधाका आवेदकलाई भनिदै आएको ग्राहक शब्द पनि हटाइएको छ । यसअगाडिको स्टेटमेन्टमा भिसा वा अध्यागमन सुविधाका आवेदकलाई ग्राहक भनिदै आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com