एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

यस वर्ष रु एक अर्ब ६२ करोड ७८ लाख ५७ हजार मूल्य बराबरको एक लाख १६ हजार २७५ मेट्रिक टन आलु बारामा उत्पादन भएको छ ।

मौसम अनकूल र बोटमा रोग नलागेपछि यस वर्ष आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष बाराका कृषकले कूल सात हजार ४७ हेक्टर क्षेत्रफलमा सी ४० र खुमलटार रातो जातको आलु लगाएको थियो । प्रतिहेक्टर १६ दशमलव ५ मेट्रिक टनका दर आलु उत्पादन भएको छ ।

जिल्लाको हरिहरपुर, गोलगंगा, अमृतजंज, देवापुर, भगवानपुर, विदुरवती, बरीयारपुर र मटिअर्वा आलुखेतीको पकेट क्षेत्र भए पनि जिल्लाको सबै क्षेत्रका कृषकले आलुखेती गर्ने गरिन्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यहाँ उत्पादित आलुमध्ये करिब ३० प्रतिशत जिल्लास्थित कोल्ड स्टोरमा भण्डारण गर्ने गरेको छ । बाँकी आलु जिल्लाभित्र खपत हुने र केहि छिमेकी जिल्लामासमेत निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालयका राजबेँसीप्रसाद चौधरीले जनाएको छ ।

आर्थिक वर्ष ०७३÷०७४ मा रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार मूल्य बराबरको आलु उत्पादन भएको थियो ।

गत वर्ष ७०÷७५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुखेतीबाट प्रतिहेक्टर १५ मेट्रिक टनका दर उत्पादन भई जिल्लामा कूल एक लाख पाँच हजार ६७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । जिल्लामा उत्पादित आलु अहिले कलैया बजारमा प्रतिकेजी रु १५ देखि २० मा बिक्री भइरहेको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com