प्रदेशका मन्त्रालयमा भद्रगोल, अधिकांश कर्मचारी पुगेनन्


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

खटाइएका कर्मचारी नपुग्दा प्रदेश नम्बर ७ का मन्त्रालय व्यवस्थापनमा समस्या भएको छ ।

मन्त्रालयका भवन निर्धारण भएपनि मर्मत र रंगरोगन अझै सकिएको छैन ।

कार्यस्थलसहित कर्मचारी नहुँदा अलमलमा परेका मन्त्रीहरु विभिन्न कार्यालय र योजनाको अनुगमन भन्दै समय कटाइरहेका छन् ।
मन्त्री नियुक्त भएपछि सुरु गरिएको आन्तरिक व्यवस्थापन अत्यन्तै सुस्त छ ।

प्रदेश मुकाम तोकिएको डेढ महिना बित्दा पनि मन्त्रालय भवनको मर्मत र रंगरोगन जारी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्साही भएर मन्त्रालय छिरेका मन्त्रीले राम्रो कार्यकक्षसमेत पाएका छैनन् । मन्त्रीकै कार्यकक्षमा विद्युत, टेलिफोनजस्ता अत्यावश्यक सेवा छैन । खटाइएका कर्मचारीसमेत नपुग्दा आन्तरिक व्यवस्थापनको जिम्मेवारी कसलाई सुम्पिने भन्नेमा मन्त्री नै अन्योलमा छन् ।

प्रदेश नम्बर ७ का विषयगत मन्त्रालयमा २ सय ८७ कर्मचारीको दरबन्दी छ ।

तर, केन्द्र सरकारले खटाएका अधिकांश कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारी नै नहुँदा व्यवस्थापकीय काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा त इञ्जिनियर, लेखापाल र कार्यालय सहयोगी गरी ३ कर्मचारी मात्रै छन् । मन्त्रालयमा सचिवसमेत नभएपछि एकपछि अर्को योजना अगाडि सार्नेमा महत्वकांक्षामा रहेका मन्त्री कसरी काम अगाडि बढाउने भन्ने अलमलमा छन् ।

केन्द्र सरकारले पर्याप्त कर्मचारी नपठाउँदा र पठाएका पनि समयमै नपुग्दा समस्या भइरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कार्यालयगत संरचना तयार नभएकाले पुगेका कर्मचारी पनि कसो गर्ने भन्ने अन्योलमा छन् ।

केन्द्र सरकारले सम्बन्धित क्षेत्रको दक्ष कर्मचारी पठाए मात्रै प्रदेशका मन्त्रालय सहजरुपमा चल्ने मुख्यमन्त्री कार्यालयको बुझाइ छ ।

कर्मचारी र पूर्वाधार नहुँदा मन्त्रीहरु प्रायः कार्यालय बाहिर नै रहन्छन् । कार्यालयगत काम नभएका कारण मन्त्रीहरु विभिन्न कार्यालय र योजनाको अनुगमन भन्दै घुमिरहेका छन् । तर, स्थानीय भने आफ्नै कार्यालय व्यवस्थापन गर्न नसक्ने मन्त्रीले के गर्लान भन्ने प्रश्न उठाउन थालेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com