ओलीलाई फोरमको प्रस्ताव : संविधान संशोधनका लागि कार्यदल बनाऊँ


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

संघीय समाजवादी फोरमले एमालेसामू कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गर्ने प्रस्ताव राखेको छ ।

ओलीले सरकारमा सहभागी हुन प्रस्ताव राखेपछि फोरमले संविधान संशोधनको सुनिश्चिता खोजेको छ ।

दुई दलका नेताहरुबीच बुधबार भएको वार्तामा पनि फोरम नेताहरुले संविधान संशोधनमा जोड दिएका छन् ।

‘एमालेले ‘आवश्यकता र औचित्यता’का आधारमा संशोधन गर्न सकिने बताउँदै आएको थियो’ नेता रामसहाय यादवले भने, ‘अहिले अभ्यासका क्रममा हामी भने जस्तै संविधान त्रुटीपूर्ण पुष्टि भएको पुष्टि भएको छ ।’

फोरमले संविधान संशोधनको विकल्प नभएको भन्दै कार्यदल बनाएर गृहकार्य गर्ने प्रस्ताव एमालेसामू राखेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com