पाकिस्तानी राजदूतद्वारा नेपाली विद्यार्थीमाझ पुरस्कार वितरण


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने एक हजार ५०० नेपाली विद्यार्थीमाझ आयोजित ‘पाकिस्तानी राजदूत वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता’का विजयी विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरियो ।

नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेदले पाकिस्तानले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै नेपाली युवालाई शिक्षा र स्वास्थ्यका क्षेत्रमा पाकिस्तानले निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संगठनका अध्यक्ष हिमालय शम्शेर राणाले लेखन र अभिव्यक्तिजस्ता सिर्जनात्मक कामबाटै प्रतिस्पर्धात्मक विश्वमा युवा पुस्ताले आफूलाई काबिल तुल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई क्रमशः रु ४० हजार, रु ३५ हजार र रु ३० हजार नगदका साथ स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो ।

त्यसैगरी, निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई पनि क्रमशः रु ४० हजार, रु ३५ हजार र रु ३० हजार नगदका साथ स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो । दुवै विधाका स्पर्धाका १०/१० जनालाई जनही रु पाँच हजार सान्त्वना पुरस्कार पनि प्रदान गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com