काँग्रेस संसदीय दलको बैठक फागुन १२ गते


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भोलि फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक बोलाईएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो । त्यसपछि मात्र काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com