कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइनेः प्रम ओली


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताउनु भएको छ ।

आज इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को यहाँ उद्घाटन गदै उहाँले कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पु¥याएकाले उनको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताउनु भएको हो ।

‘‘नेपालको राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेकाले कालु पाँडेको पनि उत्तिकै योगदान रहेको छ”–उहाँले भन्नुभयो, ‘‘वास्तवमा राष्ट्रिय एकताका प्रवर्तकका रुपमा कालु पाँडे भएकाले उनको समाधिस्थललाई संरक्षण गरी प्रवद्र्धन गर्न जरुरी रहेको छ ।”

उहाँले समाधि रहेको स्थान दहचोकमा कालु पाँडेको शालिक बनाउने समेत घोषणा गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओलीले पुर्खाले निर्माण गरेका नेपालका गढी र किल्लालाई संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले दहचोकको विकासका लागि जनताको उत्साह, सहभागिता र अठोट हुनुपर्ने बताउनुभयो ।

यसभन्दा अघि ठिक एक वर्ष अगाडि आजैका दिन आफू यहाँ आएको स्मरण गर्दै ओलीले भन्नु्भयो, “म गतवर्ष आजकै दिन यहाँ आउँदा भन्दा अलि विकास भएको पाएको छु । अब फेरि पनि अर्को वर्ष यही दिन यहाँ आउँदा झनै विकास हुनेछ ।” उहाँले आफूले नै यस ठाउँलाई सु्न्दर बनाउने समेत बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद रमा आलेमगर र चन्द्रागिरि नगरपालिकाका प्रमु्ख धनराज गिरीले काठमाडौँदेखि नजिक रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नागरिक उड्डयन तथा पर्यटन सचिव कृष्ण देवकोटाले नेपालका पर्यटकीय सम्भावना भएका क्षेत्रलाई मन्त्रालयले पहिचान गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पपछि ध्वस्त भएका सम्पदाको पुनःनिर्माण भइरहेको बताउनुभयो ।

उहाँले यस्ता ७५३ मध्ये ८७ वटा सम्पदाको पुनःनिर्माण भइसकेको जानकारी गराउनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नपा वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीले दहचौकको विकास लागि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । यसैगरी उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मानसमेत गर्नु भएको थियो ।

यस्तै, प्रधानमन्त्री ओलीले सोही ठाउँमा रहेको कालु पाँडेको समाधिस्थलमा माल्यार्पणसमेत गर्नुभएको थियो ।

कालु पाँडे घाइते भएका बेला ‘गोरखाको मनकामना मन्दिर देखिने ठाउँमा आफूलाई समाधिस्थ गर्नू’ भनेपछि उक्त ठाउँमा कालु पाँडेलाई समाधिस्थ गरिएको थियो ।

यसैगरी, प्रधानमन्त्री ओलीले उक्त ठाउँमा गोरखा, धादिङ र नुवाकोट देखिने गरी चन्द्रागिरि नगरपालिकाले निर्माण गर्न थालेको भ्यू टावरको पनि शिलान्यास गर्नुभयो ।

करिब रु ३० लाखको लागतमा निर्माण हुन थालेको भ्यू टावर पाँच तले हुनेछ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com