आज मन्त्रीमण्डल विस्तार हुन सकेन


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

फागुन ९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्री मण्डल विस्तार गर्ने तयारीमा भए पनि मन्त्री मण्डलको विस्तार आज स्थगित भएको छ । केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा टुङ्ग्याउन नसकेपछि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भएको हो ।

एमाले–माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता भएको थियो । मन्त्रालय बाँडफाँटका लागि भएको वार्तामा कतिवटा मन्त्रालय बनाउने भन्ने कुरा उठ्यो र मन्त्रालय निर्धारणमा समय लाग्ने भएपछि बैठक बाँडफाँटमा प्रवेश गर्नै सकेन ।

संविधानले २५ जनासम्म मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ। तर, ओली–प्रचण्ड १८ को संख्यामा नबढाई मन्त्री मण्डल विस्तार गर्ने योजनामा छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com