नयाँ शक्तिको संघीय परिषद बैठक उद्घाटन समारोहमा डा. बाबुराम भट्टराईले राख्नुभएको विचार


प्रकाशित मिति : फाल्गुन ९, २०७४ बुधबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको बेला नयाँ विचार दिन नयाँ शक्ति लुम्बिनी आएको बताउनुभएको छ ।
नयाँ शक्ति पार्टी, नेपालको चौथो बिस्तारित बैठकको बुधबार लुम्बिनीमा उद्घाटन गर्दै संयोजक भट्टराईले नयाँ शक्तिले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर नयाँ संकल्पसहित कार्यक्षेत्रमा फर्कने बताउनुभयो । ‘विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ । जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो,’ उहाँले भन्नुभयो, ‘अहिले विश्नै वैचारिक संकटबाट गुज्रिरहेको छ, हामी लुम्बिनीबाट नयाँ विचारसहित नयाँ संकल्प गरेर कार्यक्षेत्रमा जान्छौं ।’

संयोजक भट्टराईले विश्व नै वैचारिक संकटबाट ग्रुज्रिरहेकोले बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्नेमा जोड दिनुभयो । ‘भारतमा पनि हिन्दू अतिवादी दक्षिणपन्थी शक्ति सल्बलाइरहेको छ । चीनमा पनि वैचारिक संकट छ । अमेरिकामा डोनाल्ड ट्रम्प पनि उल्टो बाटो हिंडिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘हामीले फेरि एउटा आँट गरेका छौं, हामी यसको नेतृत्व गर्न सक्छौं ।’

संयोजक भट्टराईले नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा नहुने बताउनुभयो । ‘नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा हुँदैन, थुप्रै घातप्रतिघात र असफलताको श्रृंखलाबाट जन्मन्छ,’ उहाँले भन्नुभयो, ‘गौतम बुद्धले पनि त्यति सजिलै बुद्धत्व प्राप्त गर्नुभएको होइन ।’

बुद्धले कसरी कष्टसाध्य ढंगले ज्ञान प्राप्त गरे भन्ने उनले सविस्तार व्याख्या गर्दै संयोजक भट्टराईले ६ महिनासम्म तपस्या गर्दा सबै साथीले छाडेको र भागदौड मच्चिएको र ज्ञान प्राप्ति भएको बेला बुद्ध एक्लै भएको स्मरण गराउनुभयो । ‘राजा शुद्धोधनले पनि ९ पटकसम्म दरबार बोलाउन पठाएका थिए, अत्याउने र सुन्दरीहरुबाट मोहित गर्ने प्रयास पनि भएको थियो ।’
संयोजक भट्टराईले नयाँ शक्तिमा पनि धेरै नेताहरु राजपाठ छाड्दै त्याग गरेर यो अभियानमा जोडिएको बताउनुभयो । ‘राजनीति बिग्रिएको छ, फोहोर र भ्रष्टाचारबाट व्याप्त छ,’ उहाँले भन्नुभयो, ‘हिजोका क्रान्तिकारीहरु पनि भ्रष्टाचारले रंगिएका छन् । यसर्थ, हामीले रुपान्तरणको लागि नयाँ राजनीति सुरु गरेका हौं ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘रुपान्तरणको निम्ति शक्ति आर्जन गर्न र सन्देश दिन हामी लुम्बिनी आएका हौं,’ उहाँले भन्नुभयो, ‘विचार भनेको कम्पास हो, यसले बाटो देखाउँछ । हामी यही सही विचार प्राप्त गर्दै बुझाईमा एकरुपमा कायम गर्न लुम्बिनी आएका छौं ।’

नयाँ शक्ति रातारात बन्छ भन्ने भ्रम आफूले दिन नचाहेको बताउनुहुँदै संयोजक भट्टराईले पुराना शक्तिहरु आफैंभित्र समस्याग्रस्त भएकोले वैकल्पिक शक्ति तेस्रो ध्रुवको रुपमा उदाउने निश्चित भएको बताउनुभयो । ‘शरीरको रोगलाई डाक्टरको आँखाले मात्र देख्छ, पुराना शक्तिहरुको आकार जतिसुकै ठूला भए पनि उनीहरुभित्र रोग र विकृति छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरु उहाँकै रोगले सकिनुहुन्छ, यसकारण उहाँहरुबाट समृद्धि सम्भव छैन ।’ उहाँले नयाँ शक्तिले आफैभित्रका पनि रोगहरुको उपचार गर्दै लुम्बिनी संकल्प गरेर कार्यक्षेत्रमा फर्कने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com