के पी ओली नेतृत्वको सरकारमा मन्त्रिमण्डल यस्तो हुँदै


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तीब्र पारेका छन् । प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिमण्डल विस्तारको तयारी गरेका एमाले नेताहरुले बताएका छन् ।

गएको बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । मन्त्रीका लागि आकाक्षी धेरै भएपछि एमालेमा भागवण्डा मिलाउन कठिन परेको छ ।

अर्थमन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोखरेलदेखि उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले अर्थमन्त्रालयमा रुची देखाएका छन् । यसअतिरिक्त पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्री बन्न रुची देखाएका एमाले स्रोत बताउँछ ।

मंगलवार राष्ट्रिय सभाको सदस्य मनोनित युवराज खतिवडाको पनि मन्त्री बन्ने चर्चा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा पौडेल अर्थमन्त्री थिए । मन्त्रीका लागि प्रदेश नम्बर १ बाट सचिव योगेश भट्टराइको चर्चा छ । उनी ताप्लेजुङबाट विजयी भएका थिए । मन्त्री बनेका लालबाबु पनि प्रदेश नम्बर १ का हुन्, उनी मधेसी समुदायका नेता पनि हुन् । प्रदेश नम्बर २ बाट रघुवीर महासेठको मन्त्री बन्ने चर्चा छ ।

प्रदेश नम्बर ३ बाट महासचिव इश्वर पोखरेल मन्त्री बन्ने लगभग निश्चित रहेको एमाले स्रोत बताउँछ । भक्तपुरबाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिंन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि चर्चा छ । तामाङ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरलाई पराजीत गरेर दोस्रो पटक सांसद बनेका हुन् ।

प्रदेश नम्बर ४ बाट युवा नेता रवीन्द्र अधिकारीलाई मन्त्री बनाउने चर्चा एमाले भित्र छ । उनी २०६४, ०७० र ०७४ का तीनवटै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले नेतृत्वले अधिकारीलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतको दावी छ । प्रदेश ४ बाटै कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गर्ने किशान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्यालको नाम पनि चर्चा छ ।

प्रदेश नम्बर ५ बाट उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने पक्का जस्तै छ । पौडेल र ज्ञवालीमध्ये एकले अर्थमन्त्रालयको जिम्मा पाउने सम्भावना छ । यस्तै प्रदेश ५ बाटै शान्ता चौधरीको नाम पनि चर्चामा छ । प्रदेश नम्बर ७ बाट उपाध्यक्ष भीम रावल र कांग्रेस नेत्री डा आरजु राणा देउवालाई पराजीत गर्ने नारदमुनी रानाको चर्चा छ ।

थारु समुदायको प्रतिनिधित्व गराउन नारदमुनी या शान्ताको नाम चर्चामा छ । माओवादी केन्द्रमा पनि मन्त्री बन्ने आकांक्षी धेरै देखिएका छन् । राष्ट्रिय सभाको अध्यक्षको रुपमा चर्चा गरिएका रामबहादुर थापा ‘बादल’देखि बर्षमान पुनको नेतृत्वमा सरकारमा जाने चर्चा छ । थापा २०६५ सालमा बनेको माओवादी सरकारमा रक्षा मन्त्री थिए ।

माओवादीका तर्फबाट मात्रिका यादव, पम्फा भुसाल र देवेन्द्र पौडेल सरकारमा सहभागी हुने पक्का जस्तै भएको छ । केही समय नयाँ शक्ति पार्टीमा गएका पौडेल अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । माओवादीले पाउने मन्त्रालयको संख्याका आधारमा चन्द्र प्रकाश खनाल, शक्ति बस्नेत, लेखराज भट्ट सम्मको चर्चा छ । खनाल यसअघि प्रचण्ड प्रधानमन्त्री रहँदा राजनीतिक सल्लाहकार थिए ।

प्रदेश नम्बर १ बाट कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदी, प्रदेश २ बाट मात्रिका, प्रदेश ३ बाट पम्फा, प्रदेश ४ बाट देवेन्द्र, प्रदेश ५ बाट चन्द्रप्रकाश, ६ बाट शक्ति र ७ बाट लेखराजको नाम चर्चामा छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार चितवनको भरतपुरमा पत्रकारहरुसंग कुरागर्दै बुधवार नै मन्त्रिमण्डल विस्तार हुने बताएका थिए । काठमाडौंमा भएको कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले पनि बुधवार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । -लोकान्तर बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com