Follow @khasokhasmag

डा.केसीको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेशी फागुन १५ गते


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुुझ्नुुभएकोछ ।

डा.केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ । डा. केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।

न्यायालयको शुद्धीकरणका लागि आफूले यो कदम चाल्नुपरेको डा केसीको भनाइ छ । सर्वोच्च अदालतको गत पुस २६ गतेको आदेशअनुसार डा केसी आज अदालतमा हाजिर हुन आउनुभएको हो ।

अदालतले वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीको रोहबरमा अदालतमा उपस्थित गराउने गरी डा केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत काम गरेको अभिव्यक्ति दिएर अनशन शुरु गरेपछि अदालतले अवहेलना मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com