अबको सरकारले रिवन काट्ने, पूजा गर्ने काम गर्दैन : प्रदिप ज्ञवाली


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

 

 

फागन ८, काठमाडौं। नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बुधवारै मन्त्रिमण्डलले पूर्णता पाउने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने,‘ भोलि नै हामी सरकार विस्तार गर्छों, मन्त्रिमण्डिलले पूर्णता पाउँछ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिश गरिसकेको छ, अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन्।’

उनले अबको सरकार मिशन ओरियन्टेड हुने विश्वास दिलाए । उनले भने, ‘हाम्रो सरकार मिसन ओरियन्टेड हुन्छ, १०–५ कार्यालय आउने जाने, रिवन काट्ने, पूजा गर्ने काम हुँदैन, किनकी हामी अग्निपरिक्षामा छौं।’ उनले सुशासन र आर्थिक समृद्धि हाँसिल गर्नको लागि सरकारले दत्तचित्त भएर काम गर्ने पनि विश्वास दिलाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तीव्र आर्थिक वृद्धि हाँसिल गर्ने रहेकोले त्यसको लागि समावेशीतासहितको योग्यतम टिम पठाउनेपनि स्पष्ट पारे ।

ज्ञवालीले वर्तमान सरकारको मुख्य प्राथमिकता पाँच वटा रहेको पनि सुनाए । उनका अनुसार पहिलो लक्ष्य लोकतन्त्रको सुदृढीकरण, दोस्रो राष्ट्रिय हितको रक्षा, तेस्रो, सुशासन कायम गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, चौथोमा समृद्धि हाँसी गर्ने ९सर्वोच्च प्राथमिकता तिव्र आर्थिक वृद्धि० गर्ने र यसको लागि राज्यको लगानी बढाउने । त्यस्तै, पाँचौ प्राथमिकतामा संघीयता लगायत संविधानमा भएका महत्वपूर्ण कुराहरुको सफल कार्यान्वयन गर्ने रहेको छ । उनले नीजी क्षेत्रले जति कमाए पनि हुने तर उक्त कमाई फेयर हुनुपर्ने र राज्यलाई कर तिर्नुपर्ने पनि बताए ।

सचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रवीचको एकता घोषणा ऐतिहासिक भएकोले यसले मुलुकमा राजनीतिक स्थायित्व दिने विश्वास दिलाए । एकता प्रक्रियालाई निष्कर्ष पुर्याउनको लागि तीन हप्ता समय लाग्ने पनि उनले बताए । उनले भने,‘ कानूनी प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ, यसको लागि समय तीन हप्ता करिब लाग्न सक्छ।’ त्यस्तै उनले फागुनको अन्तिमसम्म राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन हुने भएकोले आफूहरु त्यतातिर केन्द्रित हुने पनि जानकारी दिए ।

हिजो भएको दुई पार्टीबीचको एकता घोषणालाई दुवै पार्टीका केन्द्रीय कमिटीले अनुमोदन गर्ने र आगामी फागुनको अन्तिम वा चैत्रको पहिलो साता विशाल कार्यक्रम आयोजना गरी एकता घोषणा गर्ने पनि उनको भनाइ थियो ।

ज्ञवालीले एकता महाविधेशनको लागि करिब डेढ वर्ष समय लाग्ने पनि सुनाए । उनले भने,‘महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उहाँहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ।’ उनले एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो, र केन्द्रिय कमिटि छरितो बनाउने स्पष्ट पारे ।

हिजो राति भएको दुई पार्टीबीचको एकता समझदारीलाई उनले ऐतिहासिक दिनको संज्ञा दिए । उनले भने,‘ २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीहरु ०१९ साल हुँदै ०२२ सालबाट विभाजन भएका थिए, अब हिजोको एकताले विभाजन क्रमको अन्त्य गरेको छ, दुई तिहाई जनमत कम्युनिष्टहरुको छ, हिजोको एकता विश्व कम्युनिष्ट आन्दोलनको लागि पनि प्रेरणादायी भएको छ।’ ज्ञवालीले हिजोको एकताले समग्र राजनीतिमा पनि महत्व बढाएको छ ।

उनले दुवै पार्टी एक भएकोले अब प्रधानमन्त्रीमा आलोपालो भन्ने कुरा नरहने पनि जिकिर गरे । ज्ञवालीले भने,‘अब पार्टी एकता भैसक्यो, दुवै पार्टी एउटै हो नि, एउटै पार्टी भएपछि कसरी आलोपालो हुन्छ रु बरु कार्यविभाजन हुन सक्छ।’

उनले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिनेबारे छलफल चलेको स्विकार्दै उहाँहरु दोहोरिने संभावना रहेको सुनाए । उनले भने,‘हो, राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्याउनेबारे छलफल चलेको छ, उहाँहरुकै निरन्तरता हुने पनि बलियो संभावना छ।’

सचिव ज्ञवालीले वर्तमान सरकारको परराष्ट्र नीति सन्तुलित र परिपक्व हुने पनि बताए । उनले भने,‘हाम्रो परराष्ट्र नीति सन्तुलित हुन्छ, परिपक्व हुन्छ, राष्ष्ट्रिय हितका आधारमा हामी दुवै छिमेकी मुलुकसँग असल सम्बन्ध राख्नछौं।’ उनले द्धिपक्षीय लगायत छिमेक सम्बन्ध अब विकासमा केन्द्रित हुने पनि स्पष्ट पारे ।
ज्ञवालीले भने,‘भारत र चीन दुवै छिमेकीसँग घनिष्ठ सम्बन्ध राख्छौं, हाम्रो मुलुकको हित अनुसार अघि बढ्छौं, राष्ट्रिय हित नै हाम्रो सर्वोपरि प्राथमिकतामा पर्छ, विदेश सम्बन्ध आर्थिक रुपमा केन्द्रित गर्छौं।’ उनले नेपालको परराष्ट्र नीति अब पूर्नपरिभाषित गरिने पनि जनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com