विवेकशील साझाका १४ कार्यकर्ता प्रहरीको नियन्त्रणमा


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

विवेकशील साझा पार्टीका १४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्वोच्च अदालतमा जवाफ दिन पुगेका डा. गोविन्द केसीको समर्थन गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रधान न्यायाधीशविरुद्ध जथाभावी बोलेको भन्दै उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ गरी सिंहदरबार वृतमा पुर्‍याइएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको किर्ते नागरिकता खारेजको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

सर्वोच्चमा जवाफ दिएपछि डा। केसी र उनका समर्थक प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गर्न पुगेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com