अमेरिकी भिसामा थप कडाई, कम अवधिको भिसा जारी गर्न दूतावासहरुलाई निर्देशन


प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार

अमेरिकी सरकारले गैर आप्रवासी भिसा सम्बन्धि नीतिमा फेरबदल गर्दै तोकिएको भन्दा कम अवधिका लागि भिसा दिन प्रोत्साहन गर्दै संसारभर रहेका दूतावास र भिसा जारी गर्ने पोष्टहरुलाई निर्देशन जारी गरेको छ । निर्देशनमा कुनै पनि देशका नागरिकका लागि सरकारले तोकेको भन्दा कम अवधिको भिसा जारी गर्नसक्ने थप अधिकार भिसा अधिकारीहरुलाई दिइएको छ ।

नेपालको सन्दर्भमा भिजिटर लगायतका अधिकांश भिसा बढीमा ५ बर्षको र धेरैपटक प्रवेश गर्नसक्नेगरी दिनसकिने प्रावधान रहेको छ । तर नयाँ निर्देशिकामा कन्सुलर अफिसले सिंगल इन्ट्रीसहितको कम अवधिको भिसा दिनका लागि प्रावधानहरु उल्लेख गरिएको छ । आवेदक हेरेर भिसाको अवधि कम गर्न वा सिमितता अपनाउन उदाहरणसहित निर्देशन दिइएको हो ।

कुनै व्यक्ति अमेरिका गएर तत्कालका लागि फर्कनसक्ने सम्भावना छ, तर पाँच बर्षको अवधिमा कुनै पनि बेला गएर फर्कन सक्नेमा आशंका छ भने त्यस्तो व्यक्तिका लागि कम समयको र कम इन्ट्री सहितको भिसा जारी गर्न निर्देशन दिइएको छ । नयाँ निर्देशिका तत्काल लागु गर्न दूतावासहरुलाई निर्देशन समेत दिइएको छ ।

कुनै १७ बर्षको हाइस्कुलको विद्यार्थी युनिभर्सिटी जानु अगाडि परिवारसँग यात्रा गर्न चाहेको खण्डमा यदि कन्सुलर अधिकारीले उक्त विद्यार्थीसँग भविश्यमा पुन अन्तरवार्ता लिन चाहन्छ भने त्यस्ता व्यक्तिका लागि तोकिएको अवधिको भन्दा कम अवधिको भिसा जारी गर्न सकिने उदाहरण समेत नयाँ निर्देशिकामा दिइएको छ । तर १७ बर्षकै विद्यार्थी जसलाई उक्त देशको राम्रो युनिभर्सिटीले भर्ना लिएको छ र पछि त्यो विद्यार्थी मेडिकल स्कुलमा भर्ना हुन चाहन्छ भने त्यस्तो विद्यार्थीका लागि कन्सुलर अधिकारीले पूरै अवधिको (नेपालको सन्दर्भमा ५ बर्षे मल्टिपल) भिसा जारी गर्न सक्ने उदाहरण दिइएको छ ।

भिसा नीतिमा गरिएको नयाँ अपडेट रंगिनले मार्क गरिएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीलाई कुन भिसा बढीमा कति बर्षसम्मको जारी गर्न सक्ने अमेरिकी सरकारको प्रावधान छ ? जान्न यहाँ क्लिक गर्नुहोला ।

 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com