सामाजिक सञ्जालमा चर्चा बटुलिरहेकी प्रिया उच्च अदालत पुगिन्,मुद्धामाथिको सुनवाई मंगलबार


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

सामाजिक सञ्जालमा चर्चा बटुलिरहेकी दक्षिण भारतकी किशोरी प्रिया प्रकाश वारियर पनि अदालत पुगेकी छन्। उनले आफूविरूद्ध दर्ता भएको मुद्धा रद्ध गर्नु पर्ने माग राख्दै उच्च अदालतको पुगेकी हुन् ।

केरलकी यी अभिनेत्रीले सोमबार आफ्नो मौलिक अधिकारको हनन भएको भन्दै अदालतमा मुद्धा दर्ता गराएकी छन् । उनले अभिनय गरेको फिल्म ‘ओरु ओदार लव’ को एउटा गीतमा धार्मिक भावनामा ठेस पुर्याएको भन्दै मुसलीम समुदायले यसै साता उच्च अदालतमा मुद्धा दर्ता गराएका थिए ।

प्रियाले गीतको गलत अनुवादलाई आधार बनाएर मुद्धा दर्ता गर्नु दुखद भएको बताइन् । मलयालम भाषीले अन्य राज्यमा पनि मुद्धा दायर गर्ने सम्भावना बढेपछि प्रियाले तेलङगाना र महाराष्ट्रमा दर्ता भएको मुद्धा रद्द गर्न माग गरिन्।

मुद्धामा भनिएको छ, फिल्मको गीत मुसलीम धर्मगुरु मोहम्मद पैगम्बर र उनको श्रीमतीको प्रेम सम्बन्धलाई लिएर केरलको मालाबार क्षेत्रमा प्रचलित मान्यताको आधारमा लेखिएको हो । उजुरी दर्ता गर्ने व्यक्तिले यसलाई गलत अर्थमा लिएको भनिएको छ। मुद्धामाथिको सुनवाई मंगलबार हुँदैछ।
एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com