मुमारामलाई कारबाही गरिएको हो : नयाँ शक्ति


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

नयाँ शक्ति पार्टीका राजनीतिक संवाद समिति संयोजक मुमाराम खनालले दल परित्याग गरेको घोषणा गरेका छन्। शुक्रबार वक्तव्य निकाल्दै खनालले पार्टी नेतृत्वको निर्णय शैली र संगठन सञ्चालनमा अपादर्शिता देखिएको, व्यक्ति केन्द्रित शैली अपनाइएको आरोप लगाउँदै पार्टीमा काम नगर्ने घोषणा गरेका हुन् । उनी विद्यार्थी इन्चार्ज पनि थिए ।

पाँचबुँदे प्रेस वक्तव्य निकाल्दै खनालले पार्टीमा विधि र प्रक्रिया अवलम्बन नगरी संयोजक र संगठन विभागको एक जना व्यक्तिको निर्णयमा केन्द्रीय परिषद् संख्या थप्दै ७ सय पु¥याइएको, माओवादीबाटै आएको समूहलाई प्राथमिकता दिएएको आरोप लगाएका छन् ।

यस्तो छ खनालको पाँच बुँदे आरोप

१. नेपालमा वैकल्पिक राजनैतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता रहेको तथ्यप्रति वर्तमान राजनीतिक अवस्थालाई अवलोकन गर्ने हरेक नेपाली नागरिक अवगत छ । र, यर्स संदन्र्भमा म पनि विगत एक दशकदेखि वैकल्पिक नयाँ राजनैतिक शक्तिको आवश्यकता र औचित्यको बारेमा लेख्दै र वोल्दै आएको पात्र हुँ । त्यसै पृष्ठभूमिमा पूर्व माओवादी नेता बाबुराम भट्टराईको माओवादी समुह र विभिन्न फरक पृष्ठभूमिका व्यक्तित्वहरु सहितको लामो छलफल र वहसपछि म पनि नयाँ शक्ति नेपाल नामक दल निर्माण गरी उक्त दलको केन्द्रिय भूमिकामा सक्रिय रहँदै आएको थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२. गत वर्षको माघ १० गते नेपालमा नयाँ शक्तिको आवश्यकता र औचित्यको लागी राष्ट्रव्यापी बहस गर्ने अभिप्रायको साथ ३५ सदस्यीय अन्तरिम केन्द्रिय परिषदको निर्माण गरियो । जसमा पूर्व माओवादी समुहबाट संयोजक र अन्य एक जना गरी २ जना मात्र समावेश गरियो । किनकि हाम्रो दृढ मत थियो– पूर्व माओवादी समुहले नयाँ राजनीतिक शक्तिको खाँचो पुरा गर्न सक्तैन । त्यसको भोलिपल्ट माओवादीबाट अलग भएकोे संयोजकको पुरै टिम समावेश गरियो र अघिल्लो दिन घोषणा भएको परिषदलाई एउटा देखाउने नाटकमा रुपान्तरण गरियो । त्यसपछि लगातार कुनै विधि र प्रक्रियालाई अवलम्वन नगरी संयोजक र संगठन विभागको एक जना व्यक्तिको निर्णयमा परिषद संख्या थप्दै ७०० चन्दा बढी पुर्‍याइयो ।

३. नयाँ शक्तिको वहसलाई हतार हतार पार्टीको रुपमा घोषणा गरेपछि नयाँ शक्ति पार्टी सम्पूर्ण रुपमा पूर्व माओवादी समुहको रुपमा रुपान्तर भयो । नयाँ र फरक पृष्ठभूमिका मात्र होइन, पूर्व माओवादीभित्र पनि २०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सिमित व्यक्तिको मात्र कोर समुह बन्यो । उक्त कोर समुहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दिइरह्यो । जसले गर्दा सम्पूर्ण पार्टीको उर्जा पूर्व माओवादीहरुको आफ्नै विगतको कचिंगलमा मात्र खपत हुन थाल्यो । त्यसप्रकारको माओवादी कचिंगलमा समावेश भइरहन मेरो व्यक्तिगत र राजनीतिक रुची रहेन ।

४. कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफुलाई समावेश गर्ने मेरो कुनै अभिप्राय थिएन र छैन । वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्याउँछ भन्ने मेरो मान्यता रही आएको थियो र छ । तर नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरताबाहेक अरु केही बोकेन । जसले गर्दा सिमित मात्रामा प्रवेश गरेका गैरमाओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण रहेन ।

५. पार्टी विधिमा होइन, व्यक्तिवादमा आधारित रह्यो । आर्थिक कार्यविधिलाई लत्याएर आर्थिक अराजकताको अभ्यास नै स्वीकार्य बन्यो । विकल्पको संभावनालाई खुम्च्याएर एउटा पूर्व गुटमा सिमित गरियो । र, नयाँ शक्ति पार्टी पनि नेपालका अन्य १७९ वटा पार्टीहरुकै निरन्तरता वाहेक अर्को विकल्प बन्ने संभावनाको अन्त्य भयो । निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता हुनुभन्दा अगाडि भएका दर्जनौं सभा, सेमिनार र अन्तक्र्रियाहरुमा सगर्व हामीले एउटा कुरा सबैभन्दा बढी दोहोर्यायौं– हामीले १७९ वटा दलहरुको बीचमा एउटा थपेर १८०औं दल बनाउन खोजेका होइनौं । तर नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ दल थपिएर १८०औं बन्नुबहेक अर्को संभावना देखिएन ।

अतः मेरो विश्वास थियो, राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण संभव हुन्न । तर आज म उक्त भ्रमबाट मुक्त भएको छु । नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन । यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदश्यता सहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गर्दछु ।

कारबाही गरिएको हो : नयाँ शक्ति

यसैबीच नयाँ शक्तिले शुक्रबार साँझ विज्ञप्ति निकालेर खनाललाई कारबाही गरिएपनि पार्टीबाट निष्कासित नगरिएको जनाएको  छ । पार्टी केन्द्रीय कार्यालय संयोजक वामदेव क्षत्रीद्वारा जारी वक्तव्यअनुसार खनाल राजनीतिक संवाद समितिबाट हटाइए पनि केन्द्रीय परिषद्मा कायमै रहनेछन् । खनालले पाटीृको विधि प्रक्रियाविरुद्ध जथाभावी गतिविधि गरेको र अभिव्यक्ति दिने गरेको कारण देखाउँदै कारबाही गरिएको नयाँ शक्तिको विज्ञप्तिमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com