संसद् अधिवेशन फागुन २१ गते बस्ने समझदारी


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

संसद् अधिवेशन फागुन तेस्रो साता डाक्ने गरी सरकार र संसद् सचिवालयले गृहकार्य सुरु गरेका छन्।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण त्यसको केही दिनअघि संसद् अधिवेशन बस्ने गरी गृहकार्य सुरु गरिएको हो।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि अधिवेशन बस्न लागेको हो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् (प्रतिनिधिसभा/राष्ट्रियसभा) को अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ।

मुख्यसचिव लोकदर्शन रेग्मी र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबीच संसद् अधिवेशनको तयारी र गृहकार्यबारे शनिबार छलफल भएको थियो। त्यसक्रममा फागुन २१ गते बस्ने गरी संसद् अधिवेशन बोलाउने विषयमा सरकार र सचिवालयबीच मोटामोटी समझदारी बनेको हो।

सचिवालय, राष्ट्रपति कार्यालय र सत्तासीन एमाले नेताबीच पनि अनौपचारिक छलफलमा फागुन २१ गते बस्ने गरी समझदारी बनेको सचिवालयका अधिकारीहरू बताउँछन्।

‘फागुन तेस्रो साता अधिवेशन बस्ने गरी समझदारी बनेको छ’, महासचिव भट्टराईले  भने, ‘सचिवालयले त्यसअनुसार गृहकार्य सुरु गरिसकेको छ।’थप समाचार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com