प्रदेश-२ : मन्त्रालय नहुँदा जिल्ला भ्रमणमा निस्किए मन्त्री


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

मन्त्रालयका लागि तोकिएका भवनहरु समयमै तयार नहुदाँ प्रदेश २ का मन्त्रीहरु जिल्ला भ्रमणमा निस्केका छन् ।

अहिले प्रदेश नम्बर २ मा तीन जना मन्त्री चयन भएका छन् । मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको निवास तथा कार्यकक्ष तत्कालका लागि कामचलाउ भएपनि अन्य दुई मन्त्रीको लागि त्यो पनि व्यवस्था छैन ।

मुख्यमन्त्रीसँगै अर्थ तथा योजनामन्त्री विजय यादव र भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । मुख्यमन्त्रीको लागि जनकपुर चुरोट कारखनाका गेष्ट हाउसलाई अल्पकालका लागि अवास तथा कार्यकक्षको व्यवस्था गरिएको भएपनि दुई मन्त्रीका लागि कार्यालय सञ्चालन र अवासको व्यवस्था छैन । उनीहरु शुक्रवार नै गृह जिल्ला भ्रमणमा निस्केका छन् ।

अर्थमन्त्री सिरहा र भौतिक पुर्वधार मन्त्री बारा जिल्लाको भ्रणमा निस्केका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र समाजिक मन्त्रालय एउटै भवनमा व्यवस्थापन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अघि सो भवनमा जनकपुर चुरोट कारखनाकै अधिकृतहरुको क्वाटरमा रहेको थियो । ‘मन्त्रालयहरु तयार नहुदाँ मन्त्रीज्युहरु अहिले जिल्ला भ्रमणमा जानुभएको छ,’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले भने,‘४–५ दिनपछि आउनुहुन्छ, तबसम्म भवन तयार भइहाल्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com