एक साताभित्रमा माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण-नेता नेपाल


प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण हुने दाबी गरेका छन् ।

रौतहटको गौरमा आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले तराईको विकासको लागि पहिलो प्राथमिकतामा रहेको हुलाकी राजमार्ग, काठमाडाैँ तराई जोड्ने फाष्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बृद्धको जन्मभूमि लुम्बिनीमा विमानस्थलको निर्माण कार्य तीव्र गतिमा निर्माण गरिने बताए ।

उनले प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई अबिर, फुलमालासहित सम्मान गरेका थिए ।

विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका व्यक्तिलाई नेता नेपालले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com