ओलीले रोपेको पिपलमा देउवाले पानी नै हालेनछन् !


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

झण्डै १९ महिनापछि प्रधानमन्त्रीका रुपमा बालुवाटारमा फर्किएका केपी शर्मा ओलीलाई स्वभाविक चासो रहृयो कि आफूले रोपेको पिपलको विरुवा कत्रो भयो होला ?

हुन त योबीचमा प्रधानमन्त्री नरहे पनि ओली बालुवाटार पुगेका थिए । तर, शायदै आफूले १९ महिनाअघि बालुवाटार छाड्दा रोपेको रुख हेर्न भ्याएका थिए होलान् ।

प्रधानमन्त्री बनेको चार दिनपछि आइतबार बालुवाटार प्रवेश गरेका ओलीले सुरुमै आफूले रोपेको विरुवाको खोजी गरे ।

साढे ४ बजे भनिए पनि प्रधानमन्त्री ओली बालुवाटार प्रवेश गर्दा साँझ परिसकेको थियो । तर, सुरक्षाकर्मी र सहयोगीहरुले उनलाई रातारात विरुवा भएको ठाउँमा पुर्‍याए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालुवाटारको बगौंचामा रोपिएको पिपलको विरुवालाई जोगाउन सिमेन्टको ब्लक राखिएको रहेछ । केही फिट अग्लो भएको पिपलको बिरुवामा तीनवटा पात लागेका थिए ।

किक्रिक्क परेको विरुवा देखेपछि प्रधानमन्त्री पत्नी राधिका शाक्यको मुखबाट फुत्कियो, ‘भर्खर यत्रो भएछ Û’

भीडबाट कसैले भन्यो, शेरबहादुर -निवर्तमान प्रधानमन्त्री) ले पानी नै हालेनछन् क्यारे Û

यससँगै हाँसोको फोहोरा छुट्यो ।

प्रधानमन्त्रीको ९ महिने कार्यकाल सकेर ३ साउन ०७३ मा बालुवाटार छाड्ने बेला ओलीले आफ्नो बहिर्गमनमा भिन्न शैली अपनाउँदै बालुवाटारको बगैंचामा पिपलको बिरुवा रोपेका थिए । अब त्यो बिरुवालाई हुर्काउने जिम्मा उनकै काँधमा आएको छ ।

आइतबार बालुवाटार पुगेलगतै प्रधानमन्त्री ओली र पत्नी राधिकाले पिपलको बिरुवामा जगले पानी हालेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com