अमेरिकाको लस एन्जलस क्षेत्रमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले १ सय २२ वटा बिजनेशमा छापा मारेर २ सय १२ कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । आइतबारदेखि बिहिबारसम्मको अपरेशनमा आइसले उनीहरुलाई पक्राउ गरेको हो ।
उत्तरी क्यालिफोर्नियाका ७७ बिजनेशमा छापा मारे लगत्तै दक्षिणी क्यालिफोर्नियामा यसरी छापा मारिएको हो । पक्राउ परेकाहरुमध्ये ८८ प्रतिशत विभिन्न अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।
लस एन्जलस सिटीले कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गरेकाले आफूहरुले अपराधीहरुलाई जेलबाटै नियन्त्रणमा लिन नसकेको र समुदायमा गएर पक्राउ गर्नु परेको आइसले जनाएको छ । लस एन्जलस कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने स्यांचुअरी सिटी रहेकाले यसलाई कतिपयले स्थानीय र संघीय सरकारबीचको युद्धका रुपमा समेत हेरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।