पार्टी एकता टुंगो लगाउन संयोजन समितिको बैठक बस्दै


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

पार्टी एकताको विषय टुंगो लगाउन एमाले र माओवादी केन्द्रबीच शुक्रबार छलफल हुँदैछ । एकता संयोजन समितिको बैठक बिहीबार बस्ने भनिए पनि सरकार गठन लगायतका कामले नभ्याइएकाले बैठक शुक्रबार बस्ने तगारी भएको नेताहरुले बताएका   छन ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको खाका तयार भैसकेपनि केही विषयमा कुरा मिल्न बाँकी रहेको छ । पार्टी एकतामा कुरा मिल्न बाँकी भएकै कारण माओवादी सरकारमा सहभागी नभएको हो । पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको नेतृत्व र कार्यदिशाको बारेमा कुरा नमिलेको माओवादी नेताहरुले बताएका छन् ।

माओवादीले पार्टी एकता र सरकार गठनको विषय प्याकेजमै टुंग्याउने बताइरहेको छ भने एमालेले सरकार गठनपछि पनि पार्टी एकताको विषय टुंग्याउन सकिने बताउँदै आएको छ । माओवादीले दुई दलबीच एकता गरेर वा त्यसको खाका तयार गरेपछि मात्र सरकारमा जाने प्रस्ताव गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com