पार्टी एकता टुंगो लगाउन संयोजन समितिको बैठक बस्दै


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

पार्टी एकताको विषय टुंगो लगाउन एमाले र माओवादी केन्द्रबीच शुक्रबार छलफल हुँदैछ । एकता संयोजन समितिको बैठक बिहीबार बस्ने भनिए पनि सरकार गठन लगायतका कामले नभ्याइएकाले बैठक शुक्रबार बस्ने तगारी भएको नेताहरुले बताएका   छन ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको खाका तयार भैसकेपनि केही विषयमा कुरा मिल्न बाँकी रहेको छ । पार्टी एकतामा कुरा मिल्न बाँकी भएकै कारण माओवादी सरकारमा सहभागी नभएको हो । पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको नेतृत्व र कार्यदिशाको बारेमा कुरा नमिलेको माओवादी नेताहरुले बताएका छन् ।

माओवादीले पार्टी एकता र सरकार गठनको विषय प्याकेजमै टुंग्याउने बताइरहेको छ भने एमालेले सरकार गठनपछि पनि पार्टी एकताको विषय टुंग्याउन सकिने बताउँदै आएको छ । माओवादीले दुई दलबीच एकता गरेर वा त्यसको खाका तयार गरेपछि मात्र सरकारमा जाने प्रस्ताव गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com