Follow @khasokhasmag

ओलीले गरे यस्तो पहिलो निर्णय


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य घोषणा गरेका छन् । प्रधानमन्त्रीका रूपमा सिंहदरबारको कुर्सीमा बसेलगत्तै उनले घोषणा गरेको यो लक्ष्य प्राप्ति गर्न अनुकूलका कानुनी व्यवस्था गर्ने, भएका कानुनी व्यवस्था संशोधन गर्ने र प्रशासनिक पुनर्संरचना गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै, ओलीको तीन सदस्यीय मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायलाई धन्यवाद दिनेबाहेक प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश मुकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहितको रंगशाला निर्माण गर्ने र प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com