म देशलाई बेचेर होइन बचाएर राख्ने कसम खान्छु :ओली


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सामर्थ्य र अवधीको सीमा भए पनि इमानको सीमा नहुने बताए ।

उनले भने, ‘देशको हितलाई सर्वोपरी राखेर काम गर्छौ ।’ राष्ट्रियता, लोकतान्त्रिक मूल्यमान्यता र पारदर्शीमा आफ्नो सरकार दृढ रहने उनले बताए । ओली भने, भ्रष्टाचार विल्कुलै सहन सकिादैन । हाम्रो नेतृत्वमा सरकार बनेर स्वच्छता कायम गर्न सकेनौं भने कसले कायम गर्छ ?’

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् ।

ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा गरगहना लगाए हुन्छ तर, मलामी जाँदा गहना लगाएर गइँदैन ।’

उनले झमझम स्टकोट शैली नअपनाउन सांसदहरुलाई निर्देशन दिए । संसदका साथै सपथमा पनि दौरा सुरुवाल र साडी चोलो लगाउन सांसदहरुलाई भनेका छन् ।

साथै लोगो लगाउन आग्रह गरे । उनले भने, ‘बाटामा गाली गर्छ अनि अर्कोले माननीय हो भनेपछि ए माननीय पो भन्ने हुनु भएन । देख्दा लोगो लगाएको हुनुपर्‍यो ।’

उनले विदेश जाँदा छुट्टी लिएर मात्र जान र जिल्लामा जाँदा सचेतकलाई जानकारी गराउन निर्देशन दिए । साथै संसदमा हाजिर गर्ने टाप ठोक्ने नभई विषयवस्तुको अध्ययन गरेर जाने र बलियो उपस्थिति देखाउन पनि सांसदहरुलाई भनेका छन् । अनलाइन खबरको सहयोगमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com