अमेरिकाको लस एन्जलसमा आइतबारदेखि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सुरु गरेको अध्यागमन छापामा बुधबारसम्म कम्तीमा १ सय जना पक्राउ परेका छन् । कागजपत्रविहिनहरुलाई नियन्त्रणमा लिनका लागि आइसले आइतबारदेखि त्यहाँ अपरेशन सुरु गरेको हो ।
लस एन्जलस प्रहरी डिपार्टमेन्ट र अन्य क्यालिफोर्नियाका कानुन कार्यान्वयन निकायहरुको आइसको छापामा आफूहरुले उनीहरुसँग समन्वय नगर्ने बताएका छन् । आइसका प्रवक्ता सराह रोडरिगेजले आइसको छापा समाप्त भएपछिमात्र त्यसबारेको विवरण सार्वजनिक गर्ने बताएकी छिन् ।
आइसले एल एन्जलस, अरेन्ज, रिभर साइड, सान बर्नान्डिनो, सान्ता बारबरा लगायतका क्षेत्रमा छापा मारेको छ । केही साता अगाडि उत्तरी क्यालिफोर्नियाका ७७ ब्यापारमा छापा मारेपछिको यो त्यसक्षेत्रको सबैभन्दा ठूलो अपरेशन हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।