रूखबाट विद्युत निकालेर रुकुमका विद्यार्थीले आश्चर्यमा पारे


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

फागुन २, रुकुम । जिल्लाको मुसिकोट नगरपालिका– ५ सेरिगाउँको मोडर्न रिसर्च कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका विद्यार्थीहरूले रूखबाट झण्डै १९ भोल्टेज क्षमताको विद्युत निकालेका छन्। कन्सल्टेन्सीका विद्यार्थीले गुनामौरा नामको रूखबाट विद्युत निकाल्न सफल भएका हुन्। ३ वर्षअघिदेखि विभिन्न खाले प्राविधिक तालिम दिलाउँदै आएको संस्थाका विद्यार्थीले यस वर्ष भने काँचो रूखबाट विद्युत निकालेका हुन्। लेभल टु इलेक्ट्रिकल सवओभरसियर पढिरहेका विद्यार्थीले रूखबाट विद्युत निकालेका हुन्। उक्त संस्थामा लेभल टु इलेक्ट्रिकल सवओभरसियर पढिरहेका जयबहादुर नाथले आफूहरूले धेरै मिहिनेतबाट विद्युत निकाल्न सफल भएको बताए। उनका अनुसार गुनामौरा प्रजातिको रूखबाट मात्र विद्युत निकालिएको हो। ‘धेरै मिहिनेतपछि रूखको भित्री भागमा तामाको तार र रूखको बाहिरी भागमा फलामको तार राखेर कनेक्सन गर्दा करिब १९ भोल्टेज विद्युत निकालियो’, उनले भने। अर्का विद्यार्थी खिमप्रकाश नाथले आफ्नै जिल्लामा केही काम गर्ने उद्देश्य लिएर यहाँ पढिरहेको बताए। ‘रूखबाट विद्युत निकाल्ने काम हाम्रा लागि ठूलै उपलब्धि हो’, उनले भने, ‘यो उपलब्धि अघिल्ला कक्षामा पढ्ने विद्यार्थीको पे्ररणाले भएको हो। उनीहरूको प्रेरणाले नै हामी नयाँनयाँ कुराको आविष्कारमा हौसिएका छौँ।’ यस संस्थामै अध्यनरत विद्यार्थीहरूले गत वर्ष आलु र स्याउबाट विद्युत निकालेर सबैलाई चकित बनाएका थिए। यस वर्ष झनै रूखबाट विद्युत निकालेर विद्यार्थीहरूले सबैलाई थप आश्चर्यमा पारेका छन्। संस्थाले हरेक वर्ष कुनै न कुनै नयाँ सोच लिएर अगाडि बढिरहेको संस्थाका कार्यकारी निर्देशक भुवन नाथ बताउँछन्। ‘अबका दिनमा हामी कुनै नयाँ आविष्कार देखाउन आतुर छौँ। त्यसका लागि सबैको सहयोग, सहकार्य र साथ चाहिन्छ’, उनले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com