‘माफिया इशाराले डिनमा चलखेल’


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

आमरण अनशनमा रहेका डा गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाँले डिन नियुक्तिमा चलखेल गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रित अनशनको ११ औं दिन डा केसीले अन्तरिम आदेशको अपब्याख्या गरेर खनियाँ षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । स्वस्थ्य अवस्था बिग्रदै गएको अवस्थामा डा केसीले पटकपटक मास्क लगाउने र केही अक्सिजन लिएपछि फेरी कुराकानी गर्ने गरेका थिए ।

अदालतले संविधानमै नभएको प्रावधानअनुसार कारबाही भए उनीहरुको वृत्तिविकास रोकिने भन्दै अन्तरिम आदेश दिइसकेको अवस्थामा उपकुलपतिले त्यसैलाई डिन नियुक्तिमा वरिष्ठता नकार्ने बहाना बनाएको केसीले बताए ।

‘एउटा कारबाहीमा परेका एक जनालाई अहिले निमित्त दिन मिल्ने अनि नयाँलाई बनाउन नमिल्ने,’उनले भने,कारबाही अनुचित भएको भन्दै निर्णय तत्काल कार्यान्वयन नगर भनेर अदालतले भनिसकेपछि बहाना बनाउनु सरासर गलत हो ।’

उनले शुल्क प्रतिवेदन खारेजी चिकित्सा शिक्षासम्बन्धी ऐन तत्काल पास गर्नुपर्ने,सुशासनलगायतका प्रमुख मागमा बहस नै नगरी डिन नियुक्ति विषयलाई मात्रै उछालिएको र वरिष्ठलाई रोकेर पार्टी कार्यकर्ता भर्तीमा लागेको समेत आरोप लगाएका नागरिकमा खबर छ ।

‘आफै पार्टीको झोला बोकेर आएका उपकुलपतिलाई सातौ अनशनअगाडि हतारमा नियुक्ति दिइएको थियो,’डा केसीले भने,‘त्यतिबेलाको मेडिकल माफियाका गुन तिर्न उपकुलपति लागेका छन् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com