१८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने बिल सोमबार पेश गरिदै


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

अमेरिकामा रहेका झण्डै १८ लाख कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्ताव सहितको बिल सोमबार सदनमा पेश गरिने भएको छ । रिपब्लिकन सिनेटरहरुको एउटा समुहले बाल्यकालमा अमेरिका आएका झण्डै १८ लाख योग्य कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रस्ताव सहितको बिल पेश गर्न लागेका हुन् । बिलमा सिमा सुरक्षाका लागि २५ बिलियन डलरको प्रस्ताव पनि राखिने जनाइएको छ ।

सेक्युअर एण्ड सक्सिड नाम दिइएको उक्त ऐनको को स्पोन्सर सिनेटरहरु चक ग्रासले, जेम्स ल्यांकफोर्ड, जोनी अर्नेस्ट, टम कटन, जोन कर्नेन, थोम टिलिस र डेभिड पर्डयुले गरिरहेका छन् । सिनेटर चक ग्रासलेले वास्तविक समस्याको समाधान र राष्ट्रको सुरक्षाका दिशामा यो एउटा दुर्लभ अवशर हुने बताएका छन् ।

यो बिलले नजिकका नातेदार समेत अमेरिका ल्याउन सकिने चेन माइग्रेशनलाई साँगुरो बनाउनेछ । साथै डिभी लोटरीको अन्त्यको विषय पनि बिलमा राखिएको जनाइएको छ । सोमबार पेश गरिने भनिएको बिलको विस्तृत खाका आइनसकेपनि यसले ट्रम्पको चारखम्बे अध्यागमन नीतिलाई कार्यान्वयन गर्ने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com