अमेरिका आउनेको जाँचमा कडाई गर्न अब अमेरिकामा छुट्टै राष्ट्रिय परिक्षण केन्द्र


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

अमेरिका आउने व्यक्तिको सुरक्षा जाँचका अमेरिकी सरकारले छुट्टै राष्ट्रिय परिक्षण केन्द्रको स्थापना गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो केन्द्रको स्थापनाका लागि होमल्याण्ड सेक्युरिटीका नाममा निर्देशन जारी गरेका हुन् । राष्ट्रपतिको निर्देशनपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीभित्र नेशनल भेटिङ सेन्टर स्थापना गरिने होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले जानकारी दिएका छन् ।

अमेरिकनको संरक्षण र सुरक्षाका लागि विश्वब्यापी प्रतिबन्धहरु बढाउने राष्ट्रपति ट्रम्पको कार्ययोजना अनरुप नै अमेरिका आउने व्यक्तिको सुरक्षा जाँचमा अत्यन्तै कडाईका लागि नेशनल भेटिङ सेन्टर स्थापना गरिने होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीको भनाई छ ।

नेशनल भेटिङ सेन्टरले आतंकवादी, अपराधी र खतरनाक व्यक्तिलाई अमेरिकाको किनारासम्म आउनमा नै रोक्नकालागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग र अमेरिकाको सबै खुफिया एजेन्सीहरुसँग मिलेर काम गर्नेछ । सेन्टरले अमेरिका आउने व्यक्तिका बारेमा विभिन्न एजेन्सीहरुलाई अद्यावधिक सुचना प्रवाह गर्नुका साथै उक्त व्यक्ति अमेरिकाका लागि खतरा रहे नरहेको पत्ता लगाउनेछ ।

नेशनल भेटिङ सेन्टरले अमेरिकी भिसाका आवेदक, भिसा वेभर चाहनेहरु, अध्यागमन सुविधा चाहनेहरु, अमेरिका प्रवेश गर्न प्रयास गर्नेहरुमध्येबाट अपराधी, आतंकबादी र खतरनाक व्यक्तिको पहिचान गर्नेछ । आगामी ६ महिनाभित्र सेन्टरको स्थापना गरेर काम सुचारु गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com