Follow @khasokhasmag

प्रदेश नं ४ को एमाले संसदीय दलको नेता चयनका लागि बैठक शुरु


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

प्रदेश नं ४ को प्रमुख दल नेकपा (एमाले)को संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गर्न शान्ति वनबाटिकास्थित पार्टीको जिल्ला कार्यालयमा बैठक शुरु भएको छ ।

संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्यद्वय पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ मुख्य दावेदारका रुपमा रहनुभएकाले सर्वसम्मत गर्ने प्रयासस्वरुप बैठक गरिएको हो ।

बैठकमा पार्टीका प्रदेशसभा सदस्यसहित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, रवीन्द्र अधिकारीलगायतको उपस्थिति छ ।

पार्टी केन्द्रीय निर्वाचन आयोगले संसदीय दलको नेता चयनका लागि बिहान १०ः०० बजेदेखि निर्वाचन कार्यक्रम तालिका प्रकाशन गरिसकेको भए पनि सहमतिका लागि समय तालिका बढाइएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com