डिभिजन टू क्रिकेटमा नेपाललाई आज युएई विरुद्ध जित्नै पर्ने दबाब, बलरको भरोसा


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

काठमाडौं:  नामिबियामा चलिरहेको विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगत नेपालले आइतबार तेस्रो खेल संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे युनाइटेड क्रिकेट क्लब ग्राउन्ड, विन्डहोकमा हुनेछ। शीर्ष २ मा पर्नका लागि नेपाललाई  सोमबारको खेल जित्नै पर्ने दबाब छ।

उद्घाटन खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल कमजोर मानिएको ओमनसँग पराजित भएको थियो। यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसीपका दुई खेलमा युएईसँग हारेको नेपाल दबाबमा छ।

नेपाली क्रिकेट टोलीलाई ब्याटिङ सुधार गर्नु पर्ने देखिएको छ भने युएईले नेपाली बलरलाई मुख्य चुनौति मानेको छ। 

 

शीर्ष दुईमा रहन सफल हुने टोली बढुवा भएर आइसीसी क्रिकेट वर्ल्डकप २०१८ को क्वालिफायरमा सहभागि हुन पाउनेछन्। नेपालले सोमबार केन्या र १४ तारेखमा लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ। लिग चरणका खेलबाट शीर्ष २ भित्र पर्न सफल भएमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागि हुन पाउनेछ।

अर्को महिना अर्थात ४ मार्च देखि २५ सम्म जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोली सहभागि हुनेछन्। १० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोली अर्को वर्ष अर्थात सन् २०१९ को मे ३० देखि इग्ल्याण्ड र वेल्समा आयोजना हुने एकदिवशीय विश्वकप क्रिकेटमा सहभागि हुनेछन्। जारी प्रतियोगितामा क्यानडा २ खेल जितेर शीर्षस्थानमा छ।

युएई, नेपाल र ओमनको समान २-२ अंक छ। नामिबिया र केन्याले १-१ खेल हारेका छन्।  ओमन र क्यानडा  आइसीसी डिभिजन थ्रीबाट बढुवा भएका टोली हुन भने नेपाल, केन्या, संयुक्त अरब इमिरेट्स र नामिबिया विश्व क्रिकेट लिग च्याम्पियनसीपबाट घटुवा भएका टोली हुन। नेपाली क्रिकेट टोलीलाई ब्याटिङ सुधार गर्नु पर्ने देखिएको छ भने युएईले नेपाली बलरलाई मुख्य चुनौति मानेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com