त्रिशुलीमा बेपत्ता सचिवको शव भेटियो, दुई जनाको खोजी जारी


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

काठमाडौं : धादिङको चलाङघाटबाट त्रिशूली नदीमा जीप खस्दा बेपत्ता भएका  सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव भेटिएको छ।

शनिबार बिहान बा २ झ ३१४० नम्बरको जीप त्रिशुलीमा खस्दा तीन जना बेपत्ता भएकोमा सचिव यादवको शव भेटिएको र अन्य २ जनाको खोजी कार्य भइरहेको घादिङ प्रहरीका एसपी ध्रुवराज राउतले जानकारी दिए।

दुर्घटनाग्रस्त जीप पनि भेटिएको प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com