सांसदलाई थपिदै सुविधा: अब किस्तामा घडेरी पनि


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरुले पाउने सुविधा थपिँदै गएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ ।प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् ।

प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ । यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने गरी तयारी भएको छ ।समाचारमा लेखिएको छ, साथै, सहुलियतमा घडेरी उपलब्ध गराउने निर्णय शुक्रबार भएको छ ।

सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको हो ।

घडेरी किनेबापतको रकम प्रदेश सांसदहरुले पाँच बर्षसम्ममा भुक्तानी गरे हुनेछ । किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तान गरे हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com