नेपाल डे परेड: मे १९ आइतबार न्युयोर्कमा नेपाल झल्काउने तयारी


प्रकाशित मिति : बैशाख ३०, २०८१ आईतबार

न्युयोर्कको म्यानहाटनमा मे १९ आईतबार नेपाल डे परेडका लागि तयारी तीब्र पारिएको आयोजकले बताएका छन् । सन् २०१६ देखि न्युयोर्कको म्यानहटनमा नेपाल डे परेड हुँदै आएको छ । यसपटकको नेपाल डे परेडका कन्भेनर तेम्बा शेर्पा रहेका छन् ।

परेडमा नेपाली समुदायका विविध कला, सँस्कृति, भेषभुषाको प्रदर्शन गरिने आयोजक एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्लले जानकारी दिए । यसबर्षपनि परेडमा न्युयोर्क सिटीका मेयर एरिक आडम्स सहभागी हुने अपेक्षा आयोजकले गरेका छन् ।

गतबर्ष परेडमा न्युयोर्क सिटीका मेयर एरिक आडम्ससहित संघीय र राज्य सांसद लगायत अन्य स्थानीय नेताहरुको समेत सहभागिता रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म्यानहटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट सुरु हुने परेड म्याडिसन एभिन्युको २४ स्ट्रीटमा पुगेर कार्यक्रममा परिणत हुनेछ । परेडमा सहभागी हुनका लागि आफू उत्साहित रहेको नेपाल डे परेडका पूर्व संयोजक निमा शेर्पाले बताए ।

परेडका लागि न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावास र एनआरएनए अमेरिकाको विशेष सहयोग रहेको छ भने न्युयोर्कमा रहेका अन्य नेपाली संघ संस्थाहरुसँग पनि समन्वय गरिएको छ । नेपाल र नेपालीको पहिचान झल्कने यस कार्यक्रममा न्युयोर्क र आसपासका क्षेत्रमा बस्ने नेपालीहरुलाई सहभागी हुन प्रचार प्रसार संयोजक चमेली परियारले अनुरोध गरेकी छिन् ।

कभर तस्वीर:  गतबर्षको नेपाड डे परेड । (बेनी पोलाटसेक / मेयरल फोटोग्राफी कार्यालय)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com