न्युयोर्क सिटीको ब्रोंक्समा १४ बर्षीयमाथि चक्कुप्रहार, टाइम्स स्क्वायरमा ४६ बर्षका पर्यटक घाइते


प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार

NYPD white and blue NYPD SUV

न्युयोर्क सिटीको टाइम्स स्क्वायर नजिकै एक पर्यटकमाथि चक्कु प्रहारको केही घण्टा अघि ब्रोंक्समा शनिबार दिउँसो एक १४ वर्षीय किशोरमाथि धेरै पटक छुरा प्रहार गरिएको छ । प्रहरीले दिउँसो साढे २ बजे घटनाबारे जानकारी पाएको थियो ।

ब्रोंक्सको हन्ट्स प्वाइन्ट एभिन्यू र ब्रुकनर बुलेभार्डको कुनामा एक १४ वर्षीय किशोर आफ्नो पिठ्युमा छुराको दुईवटा घाउको साथ तड्पेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनी बेहोस भने भएका थिएनन् ।

किशोरलाई हार्लेम अस्पतालमा उपचारका लागि ल्याइएको थियो, जहाँ उनको स्थिर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । न्युयोर्क सिटमा किशोरकिशोरीहरूको लागि रक्तपातपूर्ण हप्ता बितिरहँदा उनी पछिल्लो शिकार बनेका छन् । शंकास्पद कसैलाई पनि पक्राउ गर्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

त्यसको चार घन्टापछि मात्रै ४६ वर्षीय पर्यटकलाई टाइम्स स्क्वायरको वेस्ट ४३ र एट्थ एभिन्यूको इन्टरसेक्शनमा अप्रत्याशित छुरा आक्रमण गरिएको थिउो । उनको छातीमा छुरा प्रहार गरिएको जनाइएको छ । ती महिलालाई स्थिर अवस्थामा बेलभ्यू अस्पतालमा लगिएको थियो ।

व्यस्त मिडटाउन क्रस स्ट्रिटबाट एउटा चक्कु बरामद गरिएको थियो । संदिग्ध आक्रमणकारीलाई हिरासतमा लिइएको छ । कुनै अभियोगहरु दायर गरिएको छैन ।

शनिबारका आक्रमणहरूले विशेष गरी न्यूयोर्क सिटीमा युवाहरूका बीचमा हिंसाको डरलाग्दो श्रृंखला थपेको छ । यस महिनाको सुरुमा मात्र दुई दिनको अवधिमा गोलीकाण्ड र छुराको आक्रमणको घटनामा कम्तिमा दुई किशोर किशोरीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

मृतकहरूमा सोहो सडकमा गोली हानेर मारिएका १६ वर्षीय बास्केटबल प्रेमी र क्विन्स सबवे स्टेशनबाहिर घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको १७ वर्षीया किशोरी पनि छन्। शुक्रबार एक ११ वर्षीया बालिकाको टाउकोको पछाडिबाट एक पागल व्यक्तिले मुक्का प्रहार गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com