नेपाल–भारत प्रबुद्ध समूहको बैठक सम्पन्न


प्रकाशित मिति : आश्विन १९, २०७३ बुधबार

सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधन गर्ने विषयमा केन्द्रित भएको नेपाल भारत प्रबुद्ध समूहको बैठक समाप्त भएको छ। नयाँ दिल्लीमा असोज १८ र १९ मा बसेको समूहको दोस्रो बैठक समाप्त भएको हो।

बैठकमा नेपालले १९५० को शान्ति तथा मैत्री सन्धिमा संशोधन हुनुपर्ने प्रस्तावलाई महत्वका साथ उठाएको थियो। सो सन्धि असमान सर्तहरुमा आधारित रहेको र सन्धि भएको ६६ वर्ष पुग्दा त्यसको सान्दर्भिकता पनि बदलिइसकेको भन्दै नेपालले उक्त सन्धि संशोधन हुनुपर्ने तर्क अघि सारेको थियो। नेपाली प्रस्तावमा भारतीय पक्ष पनि सकारात्मक रहेको जनाइएको छ।

प्रबुद्ध समूहको बैठकमा भारतले नेपाल र भारतबीचको पारवहन अवस्थामा सुधार गर्ने र साँस्कृतिक र सामाजिक सम्बन्धका बारेमा प्राथमिकताका साथ प्रस्ताव अघि सारेको थियो। सन्धि संशोधनसहित अन्य प्रस्तावहरु छलफलमा प्रवेश गरिसकेको र आउँदो बैठकमा छलफल जारी रहने जनाइएको छ।

तस्विर: राजन भट्टराईको फेसबुकबाट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com