साढे ८ घण्टापछि अमेरिकी सटडाउन समाप्त, स्थायी खर्च विधयेक पारित


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

शुक्रबार एकाबिहानै अमेरिकी सदनबाट खर्च विधयेक पारित भएको छ । विहानै राष्ट्रपतिले हस्ताक्षर गरेपछि अमेरिकी सटडाउन औपचारिक रुपमा खुलेको छ । ट्रम्पले ट्वीट्रमार्फत अहिले विहान ८ बजेर ४० मिनेट जाँदा बिलमा हस्ताक्षर गरेको जानकारी दिएका छन् ।

खर्च विधयेकका पक्षमा हाउसमा २४० मत खसेको थियो भने सिनेटमा ७१ मत खसेको थियो । सिनेटमा विहानै ४ बजे मतदान भएको थियो भने हाउसमा विहानै साढे ५ बजे मतदान भएको थियो । यो बिलले संघीय बजेटमा ३ सय २० बिलियन खर्च प्रदान गर्छ ।

खर्चबारेको यो दुईबर्षको बृहद बजेट डिलमा आगामी २ बर्षको लागिे झण्डै १ सय ६० बिलियन सैन्य खर्च छु्टयाइएको छ भने १२८ बिलियन अरु खर्च रहेको छ । ट्रम्पले बिलमा हस्ताक्षर गरेपछि अमेरिकी सेना पहिले भन्दा बलियो हुने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com