१० मिनेटमै नेपाली नागरिकता पाइने


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

नरजन तामाङ। हुम्लाका स्थानीय नागरिकता लिनकै लागि लामो समय कुर्नुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् । अब जिल्ला प्रशासन कार्यालय हुम्लाले सेवाग्राहीलाई १० मिनेटमै नागरिकता प्रदान गर्नेगरी गृहकार्य थालेको छ ।

नागरिकतालगायतका काम कम्प्युुटर प्रणालीद्धारा हुने भएपछि नागरिकले चाँडो सेवा पाउने भएका छन् । २/३ दिनसम्म पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेर नागरिकता लिनुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुने भएका हुन् ।

जिप्रका हुम्लाबाट हुने सबै काम छिटो र छरितो तरिकाले सम्पन्न गर्न निर्देशन दिएको र काम पनि सुरू भएकाे प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए ।

केही कम्युटर जडान भइसेकेको र केही कम्प्युटर चाँडै कार्यालयमा जडान हुने पनि उनले जानकारी दिए । सबै काम कम्युटर प्रणालीमार्फत हुने भएपछि घण्टौ लाग्ने काम अब चाँडै हुने प्रजिअ शर्माकाे विश्वास छ ।

आर्थिक वर्षमा ५ सय ६१ जनाले नागरिकता लिए
यस आर्थिक वर्षमा २ सय ३३ जना महिला र ३ सय २८ जना पुुरुषलाई नयाँ नागरिकता प्रदान गरिएको जिप्रका हुम्लाले जनाएको छ ।

कम्प्युुटर प्रणालीबाट केही समयमै सेवाग्राहीलाई नागरिकता प्रदान गर्न सफल भएको जिप्रका हुम्लास्थित नागरिकता फाँटका नायव सुुब्बा भीमबहादुुर रोकायाले बताए ।

उनले वडा कार्यालयबाट सबै प्रकृया पु¥याएपछि नागरिकता लिन खासै समय नलागेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com