जुनसुकै विषय अध्ययन गर्ने प्लस टु का विद्यार्थीलाई निःशुल्क


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

माघ २६, कालीकोट । जिल्लाको सबैभन्दा बिकट पलाता गाउँपालिकाले लोकप्रिय निर्णय गरेको छ । गाउँपालिकाले उच्च शिक्षा निःशुल्क गर्ने भएको निर्णय गरेको हो ।

अब ११ र १२ कक्षामा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरुबाट विद्यालयले एक रुपैयाँ शुल्कसमेत लिन पाउने छैनन् । गाउँपालिका क्षेत्रभित्र जम्मा चार वटा उच्च माध्यामिक रहेका छन् ।

गाउँपालिकाले नै विद्यालयलाई आवश्यक पर्ने रकम विनियोजन गर्ने भएपछि निशुल्क शिक्षा घोषणा गरिएको हो । विगतमा स्थानीय शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क लगायतका विभिन्न शुल्क लिने गरेपछि विद्यालयलाई आवश्यक रकम गाउँपालिकाबाट विनियोजन गरी पूर्णरुपमा उच्च शिक्षा निःशुल्क गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।

चार वटा विद्यालयहरुका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ छुट्याएको अध्यक्ष बमले बताए । सोही रकमबाट विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माण, शिक्षकको तलव खर्च व्यहोर्ने उनको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com