भारतले पहिलो पटक नेपाललाई सुपुर्दगी गर्‍यो अपराधी


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

२६ माघ, काठमाडौं । करिव १६ वर्षअघि भएको एक हत्याकाण्डमा संलग्न आतिनी भन्ने मुखिया गुरुङलाई भारतले पक्राउ गरेर नेपाललाई बुझाएको छ ।

उनी ०१७ डिसेम्बर ८ मा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा पक्राउ परेका थिए ।दिल्लीको पटियामा कोर्टको आदेश अनुसार भारतको विदेश मन्त्रालयले नेपाल प्रहरीलाई बुझाएको हो ।

उनलाई शुक्रबार नेपाल ल्याइएको छ । यो दुई देशबीच पहिलो पटक भएको बैध सुपुर्दगी हो । यसअघि दुई देशका प्रहरीले पक्राउ गरेका अपराधीहरुलाई गोप्य रुपमा बुझाउँदै आएको थियो ।

गुरुङलाई १८ कात्तिक २०५८ मा ठमेलको डिस्कोमा १९ वर्षीय सुवर्ण गुरुङको हत्या गरेको अभियोगमा जिल्ला अदालतले १ पुस २०६४ मा जन्मकैदको सजाय सुनाएको थियो । उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com